Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको खुलासा

पुस, २० काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । 

देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे । अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने उनको भनाई थियो । उनले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए ।

हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्नेकुरा हामीले राखेका छौँ । हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रिय समितिको बैठकपछि ध्रुविकरणको निर्णय थियो ।

त्यसमा पहिलो कदमको रुपमा अज प्रज्ञा भवनमा शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टि स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com