नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै

पुष, १९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले बताउ ।
आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने सापकोटाले जानकारि दिए । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए।