१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

पुष, १७ काठमाडौं स् १२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। जागरुक युवा अभियान नेपालको आयोजनामा आज काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी मनाइएको हो।
‘नेपाली टोपी लगाऔँ पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औँ नेपाली टोपी दिवस मनाइएको हो। दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ। उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन्।