गुरूङ समुदायले तमु ल्होसार मनाइँदै

पुष, १५ काठमाडौं । गुरूङ समुदायले तमु ल्होसार मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज काठमाडौंसहित देशभर तमु ल्होसार मनाउँदै छन्। समुदायले गरूड वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो।
काठमाडौंमा बसन्तपुरदेखि टुँडिखेलसम्मको र्याली गर्दै ल्होसार मनाएका हुन्। र्यालीमा सहभागीहरूले आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका छन्। टुँडिखेलमा उनीहरूले एक कार्यक्रमको आयोजना गरेका छन्।