Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि  दुर्घटना भएको हो ।

दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिनुभएको छ । नौसेनाको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुङ्गामा ठोक्किएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com