Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

इजरायलले गाजामा गरेको आक्रमणमा मेयरसहित २२ जनाको ज्यान गयो

इजरायलले गाजामा गरेको आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको ज्यान गएको छ । हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) र हमास दुवैले पुष्टि गरेका बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको ज्यान गएको छ ।

यस्तै एउटा विद्यालयमा भएको आक्रमणमा एक शिशु र शिशुकी आमासहित सात जनाको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा शुरू गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com