सुर्खेतमा विद्यार्थी कुट्ने शिक्षक निष्कासित
मंसिर, २७ काठमाडौं । सुर्खेतमा रहेको एसओएस हर्मन माइनियर स्कुलमा विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालय प्रशासनले निष्कासित गरेको छ। शिक्षकले विद्यार्थी कुटेपछि विद्यालयले शिक्षकलाई निष्कासन गरेको हो।

स्कुलका कम्प्युटर शिक्षक उपेन्द्र मल्लले कक्षा ९ मा अध्यानरत विद्यार्थी स्पर्श सापकोटालाई नाक, टाउको र शरीरमा चोट लाग्ने गरी कुटेका थिए। अभिभावकलाई बोलाएर विद्यालय प्रशासनले विद्यार्थीमाथि कुटपिट गरेको भन्दै शिक्षक मल्ललाई निष्कासन गरेको बताए ।
अभिभावकहरू शिक्षक निष्कासनपछि सुखी भएका छन्। विद्यार्थी कुटेको खबर आए लगत्तै शिक्षक मल्ललाई निष्कासन गरिएको एसओएस सुर्खेतका प्रिन्सिपल हरिहरले बताए। समाचार प्रसारणपछि मानवअधिकारकर्मीहरुले चासो लिएका थिए।