नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक
मंसिर, २७ काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा आसन्न केन्द्रिय समितिको एजेण्डा र तयारी लगायतका विषयमा छलफल हुने सचिव गणेश साहले जानकारि दिनुभयो ।
लामो समयदेखि टार्दै आएको माओवादीको केन्द्रिय समितिको बैठक आगामी पुस ३ गते बस्ने बताइएको छ। सोही बैठकको तयारीका लागि आज स्थायी समितिको बैठक बस्न लागेको हो।