Yeti Khabar

२०८१ चैत्र ४, सोमबार - Mon Mar, 2025 -

विदेशमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन सिरियाली प्रधानमन्त्रीको आग्रह

सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

विद्रोही समूहहरूले आउने मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले आफ्नो पहिलो लक्ष्य विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु रहेको बताउनुभएको छ । विदेशमा रहेका नागरिकको मानव पुँजी, ज्ञान, सीप र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने उहाँँको विश्वास रहेको बीबीसीले जनााएको छ ।

प्रधानमन्त्री मोहम्मदले सिरिया अब एक स्वतन्त्र देश भएको र यहाँ पुनर्निर्माणसमेत आवश्यक भएकाले सबै मिलेर एकजुट हुनपर्ने बताउनुभयो । इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि राष्ट्रपति बसर अल असद सिरियाबाट भाग्नुभएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com