६ दिनदेखि बेपत्ता रहेका पुरूषको शव फेला
मंसिर, २५ काठमाडौं । ताप्लेजुङमा छ दिनदेखि बेपत्ता रहेका पुरूषको शव फेला परेको छ। सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा बेपत्ता भएका ४५ वर्षीय राजेन्द्र बुढाथोकीको शव आज सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।
बुढाथोकीको शव गोताखोरले ७० फिट गहिराइबाट निकालिएको डिएसपी थापाले जानकारि दिए । उनी मंसिर १९ गते खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको स्थानभन्दा ५० मिटर टाढा बालुवाले पुरिएको अवस्थामा फेला परेको थियो।