तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
मंसिर, २५ काठमाडौं । आज सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सय रूपैयाँले बढेको छ।
हिजो प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । र यसैगरी चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ रूपैयाँ कायम भएको छ।