Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

आठ महिनामा झण्डै १० लाख अफगानी शरणार्थी स्वदेश फर्किए

पछिल्लो आठ महिनामा इरान, पाकिस्तान र टर्कीएबाट झण्डै १० लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । कुल नौ लाख ७० हजार अफगानी शरणार्थी स्वदेश फर्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले आधिकारिक तथ्याङ्कअनुसार झण्डै ७० लाख अफगानी शरणार्थी विदेशमा बस्दै आएका छन् । यसमध्ये धेरै अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा रहेका छन् ।

अफगान कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई विदेशमा शरणार्थीको रूपमा बस्न बन्द गर्न र युद्धले क्षतिग्रस्त आफ्नो देशको पुनर्निर्माणमा योगदान दिन स्वदेश फर्किन बारम्बार आग्रह गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com