कीर्तिपुर नगरपालिकामा भोली सार्वजनिक बिदा

मंसिर, २४ काठमाडौं । कीर्तिपुर नगरपालिकामा भोली सार्वजनिक बिदा दिइएको छ । भोलीको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको हिजो बसेको २३ गतेको बैठकले भोली नगरपालिकामा सार्वजानिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताउनुभयो ।