Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

आज देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

मंसिर, २४ काठमाण्डौ । मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । हुम्लाको सदमुकाम सिमकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लाको सिमिकोटमा ६ दशमलव १ र बाजुरामा २ दशमलव ६ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हिमपात भएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै ठाउँहरु तथा कोशी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँहरुमा तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

राति कर्णाली प्रदेश लगायत पहाडी भेगका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com