मार्तडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मंसिर, २४ काठमाण्डौ । बाजुराको सदरमुकाम मार्तडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।
दुर्घटनामा कञ्चनपुरको भिमदत्त–१७ की गायत्री पन्त र वडा नम्बर १८ की राधिका भट्टको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । घाइते ३ जनाको उपचार भइरहेको छ ।
आजै हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धिम गाउँमा जीप दुर्घटना भएको हो । धिममा इन्टरनेटको जडानका लागि जाँदै गरेका १३ जना बोकेको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।