Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

गाेरखामा घाँस काट्न गएकि युवती मृत फेला

मंसिर २३ काठमाडाैं । घाँस काट्न गएकी युवती मृत फेला परेकी छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं १, बारपाक घरभइ धार्चेगाउँ माइत भएकी सुचिना घले गत मंसिर १५ गतेदेखि हराइरहेकी थिइन ।

घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी सुचिना २ दिन सम्म पनि सम्पर्कमा नआएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

सुचिना हराएकाे थाहा पाएपछि स्थानिय र प्रहरीले खोज्दैजाँदा नजिकैकाे जंगलमा शंकात्मक रूपमा खाल्डाेमा पुरेर घाँसले छाेपेकाे अवस्थामा मंसिर १८ गते शव फेला परेकाे स्थानिय धिरज उपरकाेटीले यती खबरलाइ गराएका छन ।

उक्त शव मंसिर ११ गते नै पाेस्टमार्टम लागी काठमाडौं स्थित टिचिङ अस्पतालमा ल्याइएको थियाे । उक्त घटनाका बारेमा चासाे लिदै गाेरखा क्षेत्र नं २ का सांसद तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा काठमाडौं सम्पर्क समन्वय समितीकाे सम्मेलनमा सुचिना घले हत्या प्रकरणमा बोल्दै सरकार र गृह मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा बाेल्दै प्रचण्डले सुचिनाकाे पाेस्टमार्टम सही तरिकाले गर्न अनुराेध गरेका छन । उक्त घटनाकाे सत्य तथ्य र निष्पक्ष छानबिन गर्न समेत आग्रह गरेका छन । साथै सकेसम्म छिटाेभन्दा छिटाे दाेषी पत्ता लगाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com