भारतीय ग्यास बुलेट कृष्णभिरमा दुर्घटना
मंसिर, २३ काठमाडौं । काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको कृष्णभीरमा दुर्घटना भएको छ। भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट आज बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार ग्यास बुलेट अनियन्त्रित भएर सडकबाट ५०/६० मिटर तल खसेको छ। ग्यास बुलेटका चालक भारतको बरुनी बस्ने बर्ष ४५ वर्षीय पंकजकुमार भन्ने बुझिएको इन्स्पेक्टर सिलवालले बताए ।