माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
मंसिर, २० काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा केही बेरअघि देखि बैठक सुरु भएको हो।
बैठकमा स्थानीय तह उपनिर्वाचनको समिक्षाका साथै पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल जारी रहेको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।
नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पार्टीमा दिइने जिम्मेवारीको विषयले पनि प्रवेश पाउने बताइएको छ।