Yeti Khabar

२०८१ फाल्गुन १, बिहीबार - Thu Feb, 2025 -

जापानको सत्तारुढ दल एलडीपीले बहुमत गुमायो

जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो ।

जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्ये एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ ।

सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको चुनावमा पनि बहुमत गुमाएको थियो । तर अरु दलसँगको साझेदारीमा एलडीपीले नै शासन गर्दै आएको छ ।

अघिल्लो चुनावमा एक्लै दुई सय ४७ सीट जितेको सत्तारुढ एलडिपी यसपटक एक सय ९१ सीटमा खुम्चिएको छ । प्रमुख विपक्षी दल कन्स्टिच्यूस्नल डेमोक्रेटिक पार्टी अफ जापानले एक सय ४८ सीट जितेको छ ।

एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।

तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको बीबीसीले जनाएको छ ।   एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com