Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

युरोपमा ब्वाँसोलाई दिने सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित

युरोपमा ब्वाँसालाई दिइने सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित भएको छ । इयु सदस्यहरुले पारित गरेको प्रस्तावमा ब्वाँसोलाई कडा रूपमा संरक्षितको सट्टा अब संरक्षित जनावर मात्र मानिने उल्लेख छ ।

युरोपेली आयोगले पेश गरेको प्रस्तावमा २७ सदस्य देशमध्ये दुई देशले मात्रै विरोध गरेका थिए । ब्वाँसोको बढ्दो सङ्ख्या नियन्त्रण र गाइवस्तु पाल्ने किसानको दृष्टिबाट ब्वाँसोको सुरक्षा स्तर घटनाउने प्रस्ताव उचित भएको युरोपेली आयोगको भनाइ रहेको समाचारसंस्था एएफपीले जनाएको छ ।

अब आउँदो डिसेम्बरमा हुने बर्न सम्मेलनले पारित गरेपछि इयूले कानुन शंसोधन गर्न सक्छ । एक शताब्दीअघि युरोपमा झन्डै लोप भइसकेका ग्रे ब्वाँसा बचाउन, संरक्षणका लागि ठूलो प्रयास भएको थियो ।

सन् १९७९ मा स्विट्जरल्याण्डमा भएको बर्न सम्मेलनमा ब्वाँसालाई ‘स्ट्रिक्टली प्रोटेक्टेड’ को श्रेणी दिँदै खतराका निश्चित अबस्थामा बाहेक मार्न रोक लगाइएको थियो । संरक्षणको कडा नीतिका काण ब्वाँसोको संख्या बढेर युरोपमा सन् २०२३ मा २० हजार भन्दा धेरै पुगेको छ ।

पछिल्लो समय ब्वाँसो र मानिसबीचको द्वन्द्व बढेपछि सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित भएको हो । युरोपमा ब्वाँसाले गाईवस्तुमाथि आक्रमण गर्ने घटना बढेपछि यस वर्ष जर्मनीलगायत युरोपका धेरै देशमा किसानले ठूलो प्रदर्शन गरेका थिए । तर पछिल्लो ४० वर्षमा युरोपमा ब्वाँसोले मानिसमाथि घातक आक्रमण गरेको एउटा पनि घटना रेकर्डमा छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com