Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

स्याङ्जा र पाल्पा जोड्ने गरी आँधीघाटमा निर्माणाधीन पक्की पुलकाे काम अन्तिम चरणमा

स्याङ्जा – स्याङ्जा र पाल्पा जोड्ने गरी कालीगण्डकी नदी आँधीघाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको अहिलेसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताउनुभयो ।

२०७५ सालमा स्याङ्जा र पाल्पालाई जोड्ने गरी कालीगण्डकीमा दुई वटा पुल निर्माणको ठेक्का सम्झौता गरी काम थालिएको थियो । ५५ करोड रुपैयाँमा एउटै ठेक्कामार्फत आँधीघाट र बाँसटारीमा दुई वटा पुल निर्माण भइरहेको छ ।

आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइ तथा दुई वटा फुटपाथसहित साढे १० मिटर चौडाइको हुनेछ । सम्झौता भएको मितिले पुल निर्माण कार्य तीन वर्षमा नै सक्नुपर्ने भए पनि कोभिड महामारीलगायतका कारण समयावधि थप गरी काम भइरहेको छ । पुलमा आउँदो नयाँ वर्षदेखि नै गाडी गुड्न सक्ने गरी काम भइरहेको इन्जिनियर कँडेलले बताउनुभयो ।

आँधीघाटमा स्थानीय बासिन्दा र मोटरसाइकल अहिले झोलुङ्गे पुलबाट वारपार गर्छन् । नयाँ पक्की पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर–१० कालीगण्डकी करिडोरमा जोडिनेछ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com