बाँकेमा झाडापखालाका कारण चार जनाको मृत्यु
![](https://www.yetikhabar.com/wp-content/uploads/2024/08/istock-590620334-1024x683.avif)
भदौ, १७ काठमाण्डौ । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखाला फैलिएको छ । गाउँमा केही बिरामी परेका छन् ।
भारतीय सीमासँग जोडिएको गेगलीमा झाडापखालाका कारण १० जनाभन्दा धेरै बिरामी भएका छन् । त्यहाँ झाडापखाला फैलिएको जानकारीमा आएको तर झाडापखाला नै मुख्य कारण हो वा होइन भन्ने यकिन गर्न आज स्वास्थ्यकर्मीसहितको टोली खटिने उहाँले बताउनु भयो ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2024/09/badhaiyatal-gapa-633x1024.png)
स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले आफूलगायत स्वास्थ्यकर्मीसहितको विज्ञ टोली प्रभावित गाउँतर्फ जाँदै गरेको र त्यसपछि थप अनुसन्धान र अवस्था बुझेर आज बेलुकासम्म आधिकारीक जानकारी बताउनुभयो ।