Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

पाकिस्तानको संसद् भवनमा मुसाका कारण समस्या

पाकिस्तानको संसद् भवनमा मुसाले महत्त्वपूर्ण कागजात नष्ट गरेपछि समस्या हुन थालेको छ । संसद्मा मुसाको सङ्ख्या बढेसँगै सिनेट र राष्ट्रिय सभाका विभागहरूमा रहेका धेरै महत्त्वपूर्ण र गोप्य फाइलहरू नष्ट गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मुसाले तार काटेर कम्प्युटरमा समेत क्षति पुर्‍याइरहेका छन् । मुसाले समस्या पार्न थालेपछि बिरालो किन्न सरकारले १२ लाख पाकिस्तानी रुपैयाँको बजेटसमेत विनियोजन गरेको छ । मुसा निर्मूल गर्न निजी विज्ञको सहयोग लिने योजना पनि रहेको बताइएको छ ।

पाकिस्तानको संसद्ले यति बेला मुसाका कारण ठूलो समस्याको सामना गरिरहेको राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालयसँगै धेरै राजनीतिक दल र स्थायी समितिको बैठक पनि बस्ने गरेकामा सबैलाई समस्या भएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com