दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु
साउन, ३० काठमाडौं । सर्पले डसेर दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्युभएको छ । हिजोराती सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको ज्यान गएको र इन्दुकी आमा आश्मा चौधरी बिरामी भएको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
बिरामी आश्मा चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बताएको छ ।