Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई पूर्व प्रधानमन्त्री शेख हसिनाको आह्वान

बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।

डा. मोहम्मद युनुसको अध्यक्षतामा हिजो बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको हो ।

ढाका ट्रिब्युनका अनुसार डा.युनुसको अन्तरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्ट १५ तारिखको सार्वजनिक बिदाको निर्णय रद्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उहाँको परिवारका धेरै सदस्यको हत्या गरेको थियो । यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com