Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

कैलालीका सामुदायिक विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीको परीक्षा नलिने

कैलाली – केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । टीकापुर नगरपालिका र आसपासका पालिकाले यसै वर्षदेखि कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् ।

आउँने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो । साना नानीबाबुको केही समयको परीक्षाले मूल्याङ्कन हुँदैन भनेर निरन्तर मूल्याङ्कन थालेको उहाँको भनाइ छ ।

जोशीपुर र जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाले पनि शैक्षिक सुधार र  गुणस्तर वृद्धिमा ध्यान दिएर साना बालबालिकाको मूल्याङ्कनका आधारमा परीक्षा हुने जनाएका छन् । विद्यालयका अनुसार अब कक्षा ४ माथिको मात्र प्रश्नपत्र बनाएर परीक्षा हुन्छ । निरन्तर मूल्याङ्कनले शिक्षकलाई पनि जिम्मेवार बनाउँने विश्वास पालिकाले लिएका छन् ।  रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com