Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सुर्खेत लगियो कार दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खड्काको शव

जेठ, १७ काठमाडौं । सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको बताए ।

सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन्। वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा उनीहरूले यसपालि नयाँ घर बनाएका थिए।
सञ्जु एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौं फर्कीएकी थिइन्। हिजो काठमाडौंबाट घर आउँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको थियो।

हिजो साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मगुवा खोला नजिकै मे १ ख ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। चालक आँपिपल, गोरखाका ३७ बर्षीय सुवास अधिकारीको शव भने अस्पतालमै रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको डिएसपी तिवारीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com