Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बैंकबाट आफ्नो नौ लाख गायब भएकाे सुन्दा मुर्छित भए सेवाग्राही

रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ। रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ।  

खातामा रहेको १२ लाख २० हजार रुपैयामध्येबाट नौ लाख रुपैया गायब भएको यादवले बताएका छन्। शुक्रबार दिउँसो यादवले माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ मा १२ लाख २० हजारको चेक क्लिरियन्समा दिएका थियो जुन पैसा जम्मा भएको म्यासेज यादवको मोबाइलमा पनि आएको थियो। पैसाको काम पर्दा यादव आइतवार आठ लाखको चेक लिएर साट्न जाँदा खाताबाट नौ लाख रुपैया झिकिएको जानकारी दिएपछि यादव मुर्छित भएका थिए।

अचानक आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको खबर बैंकले सुनाएपछि बेहोस भएका यादव एक छिनपछि शाखा प्रमुख रामजी दासलाई भेटेर आफ्नो रकम गायब भएको बारे जानकारी माग्दा ह्याकरले पैसा लगेको जवाफ दिएको र आफूहरुले केही पनि गर्न नसक्ने पनि बताउँदै जिम्मेवारीबाट पन्छिएका थिए।

शाखा प्रबन्धक दासले आफ्नो खाताबाट कसरी रकम गायब भयो आफैँले खोजी गर्नू भनेर गैरजवाफदेवी जवाफ दिएपछि यादवले आफ्नो खाताको बैंक स्टेटमेन्ट माग गरेका थिए। शाखा प्रबन्धक दासले यादवलाई बैंक स्टेटमेन्ट पनि दिन नमानेपछि कर्मचारीकै मिलोमतोमा आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको अनुमान लगाएका थिए।

यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिएको छ। यादवको खाताबाट निकालेको रकम सिटिजन बैंक र सानिमा बैकमा ट्रान्सफर देखिएको शाखा प्रबन्धक दासले जानकारी गराएका छन्।  

बैंकबाट नौ लाख रुपैया गायब भएपछि यादवका आफन्त र निकटस्थहरुले बैंकमा होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएको विषय जानकारीमा आएको र प्रहरीले आफ्नै किसिमले अनुसन्धानको थालनी गरिसकेको जनाएका छन्।  

अनुसन्धानबाट रकम ट्रान्सफरमा जजसको संलग्नता देखिन्छ सबैलाई कानुनको दायरामा ल्याउने जानकारी डिएसपि कोइरालाले बताएका छन्।  

घटनाको बारेमा बुझ्न वृन्दावनका पूर्व नगर प्रमुख राम सिनेही राय यादव, एमालेका प्रेमशंकर यादवसहित पीडितका आफन्तहरुले बैंकमा पुगेर शाखा प्रबन्धक दासलाई भेटेका छन्। शाखा प्रबन्धक दासको जवाफ सन्तोषजनक नभएकोले कर्मचारीको मिलोमतोमा रकम गायब भएको आशंका लागेको पीडितको आरोप रहेको छ।  

बैंकबाट रकम गायब गरेको विषयलाई लिएर आफूहरु माथिल्लो निकायसम्म खोजी गर्ने यादवले बताएका छन्।नागरिक दैनिक बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com