Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू

  

द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ । युद्धरत सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफबीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई पक्षबीच गएराति ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको खबरमा उल्लेख गरिएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनका अनुसार ४८ घण्टाको लामो वार्ता पछि युद्ध विराम गर्ने सहमति बनेको हो । सुडानमा सेना र अर्धसैनिक बलबीच भएको सङ्घर्षमा अहिलेसम्म चार सय जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

युद्ध विरामको घोषणा भएसँगै त्यहाँ फसेका नागरिक सुरक्षित बाहिर निस्कन पाउनेमा आशावादी देखिएका छन् । पश्चिमा लगायतका कयौँ देशले युद्धविराम अघि नै आफ्ना नागरिकको उद्धार गरेका छन् । केही देशले भने अहिले पनि उद्धारकाे काम भइरहेको जनाएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com