Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

केन्द्रीय चिकित्सा क्याम्पसमा २ प्यानलको भिडन्त

काठमाडौँ । केन्द्रीय चिकित्सा क्याम्पस महाराजगन्ज (एमएमसी) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई वटा प्यानल देखिएका छन् । 

जसमा अनेरास्ववियुको तर्फबाट आनन्द कुमार सिंहले नेतृत्व गरेका छन् । भने नेविसंघको तर्फबाट अभिशिखा न्यौपानेले नेतृत्व गरिरहेकी छिन् ।
सिंहलाई यूथ फर ईक्वालिटीले समर्थन गरेको छ । भने न्यौपानेलाई अखिल क्रान्तिकारीले समर्थ गरेको छ ।

दुवै पक्ष स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्ने हिसाबले लागिरहेको छ । त्यही आधारमा आफ्ना एजेन्डाहरू विद्यार्थीमाझ पु¥याउने काम गर्दै आएका छन् ।महोत्तरीको गौशाला घर भएका सिंह अहिले एमबीबीएस चौथो वर्षमा अध्ययन गर्दै आएका छन् ।
गाउँको सरकारी विद्यालयमा आफ्नो पढाई सुरु गरेका उनले लिटिल एन्जल्स स्कुलबाट एसएलसी र नासा कलेजबाट प्लस टुको अध्ययन गरेका थिए ।

डाक्टर बन्ने सपना बोकेका सिंहलाई आईओएममा आउन २ वर्ष कुर्नुपरेको थियो । सन् २०१७ डिभाईस चोरी काण्ड भयो । त्यसले उनलाई निकै पिर दियो । त्यहि बेलादेखि उनी विद्रोही बने । उनी लगायत तत्कालीन समयमा प्रवेश परीक्षा दिने विद्यार्थीहरूले आन्दोलन गरे ।

अन्ततः पुनः प्रवेश परीक्षा गराई प्रवेश गरियो । झन्डै एक महिनासम्म आन्दोलन चलेको थियो । दिनभर साथीहरूलाई साथमा लिएर आन्दोलन गर्दै हिँड्थे भने राति भाईब्रेटमा बसेर पढ्थे । त्यसपछि उनी उक्त प्रवेश परीक्षामा ४४ नम्बरमा नाम निकाल्न सफल भए । विद्यार्थीहरूको साथ र सहयोगले उनी यति बेला स्ववियु सभापतिमा उम्मेदवारी दिन हौसिएका हुन् । क्याम्पसभित्र हुने गरेको बेथिति अन्त्य गर्ने प्रतिबद्धता उनको छ ।

क्याम्पसमा हुने बेथिति र सुधारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको र अबका दिनमा यसलाई थप सशक्त बनाएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।
क्याम्पसमा रहेको छात्रावासको समस्या, क्यान्टिनको समस्या, क्याम्पसका पूर्वाधार सुधार लगायतका कामलाई उनले आफ्नो एजेन्डा बनाएका छन् । उनीहरूले सोसाइटी अफ मेडिकल स्टुडेण्टको स्थापना गरेका थिए । त्यसको उनी संस्थापक हुन् ।

उक्त संस्थामा रहेर नेपालका सबै मेडिकल विद्यार्थीहरूलाई एउटै छानोमा राखेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता उनको थियो ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीको आन्दोलनमा उनी सुरु देखिनै लागेका थिए । त्यही बेला कैयौँ पटक उनी प्रहरी हिरासतमा समेत परे । विद्यार्थीका हकहितका लागि विगतमा उठान गर्दै आएका मुद्दामा काम गर्ने उनको इच्छा छ ।

आफूले स्ववियु जितेको खण्डमा सबैभन्दा पहिला छात्रावासको व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ । विगत ३ वर्षदेखि अतिरिक्त कृयाकलाप हुन नसकेको भन्दै त्यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ । त्यस्तै पीजी डाक्टरहरूका विविध समस्याबारे समेत जानकार रहेका उनले त्यसलाई समाधान गर्नेतिर ध्यान दिने प्रतिबद्धता जनाएका छन् । आईओएममा १ हजार दुई सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।

त्यस्तै स्ववियुको अर्का उम्मेदवार अभिशिखा न्यौपानेले समेत विद्यार्थीका समस्या आफ्ना समस्या भएको बताएकी छिन् । नेविसंघले छात्रालाई सभापतिको उम्मेदवार बनाएको हो । नेविसंघको उक्त क्रान्तिकारी निर्णयप्रति आफ्नो उच्च सम्मान रहेको उनको भनाई छ ।

आफू चुनाव जितेर महाराजगन्ज चिकित्सा क्याम्पसमा नयाँ इतिहास रच्ने आफ्नो योजना रहेको उनको भनाई छ ।
उनले राम्रो आईओएमको लागि विभिन्न प्रस्तावहरू अघि सारेकी छिन् ।
उनले आरामदायी जीवनको अनुभव प्रदान गर्न होस्टेल सुविधाहरूको नवीकरण र स्तर वृद्धि गर्ने योजना अघि सारेकी छिन् ।

त्यस्तै अध्ययन र अनुसन्धानको लागि सहज र अनुकूल वातावरण प्रदान गर्न पुस्तकालय सुविधाहरूको स्तरोन्नति गर्ने उनको योजना छ । विद्यार्थीहरूको सिकाइ अनुभव बढाउने आधुनिक र नवीन शिक्षण–सिकाइ विधिहरू लागू गर्ने उनको योजना छ ।

विद्यार्थी, कर्मचारी र आगन्तुकहरूको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न क्याम्पसका सबै क्षेत्रमा सीसीटीभी क्यामेराहरू जडान गर्ने उनको योजना छ ।
उनले विभिन्न एजेन्डाहरू समेत अघि सारेकी छिन् । सबै विद्यार्थीहरूको लागि होस्टेल, क्यान्टिनको सुधार, पुस्तकालय अनुभव वृद्धि गर्ने, क्याम्पस कोठाहरू सुधार गर्ने, जिम हलको नवीकरण, पाठ्यक्रम र अध्यापन–सिकाइ विधिहरूमा सुधार, एमएमसीमा एक सभागृह स्थापना गर्ने, एमएमसीमा बाइफाई अपग्रेट गर्ने, पोस्टिङमा उचित ड्यूटी घण्टाको व्यवस्था गर्ने लगायतका उनका एजेन्डाहरू रहेका छन् ।

सिंहको प्यानलमा बिपना कँडेल सचिव, अनिल शाह कोषाध्यक्षका उम्मेदवार रहेका छन् । भने न्यौपानेको तर्फबाट पारस खड्का सचिव, सुमन ओली कोषाध्यक्ष रहेका छन् । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com