Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

नेकपा एमालेको बैठक पाटी कार्यलयमा सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ । यस्तै सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ । पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com