Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बुटवलमा मोटरसाइकल र बस ठोक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान गयो

रुपन्देही – बुटवलको मिलनचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।
गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेको लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठोक्किँदा उहाँको ज्यान गएको हो ।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com