Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक

११ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् ।
बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो ।

हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए । तर पार्टीले प्रमुख सचेतक बनाएर मनाएको छ ।
सचेतक खड्का रुकुम पश्चिमकी खड्का समानुपातिक सांसद हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए ।

कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले समेत दलको प्रमुख सचेत र सचेतक चयन गर्न सकेका छैनन् ।अनलाइन बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com