Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ कोइराला

सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरुवात गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दैछन् ।

आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो, अभिनेता कोइरालाले भने, मेरो छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए ।

हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ, उनले भने, यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायांकन नै उतै गर्दैछौँ ।

अभिनेता कोइरालाले अभिनय गरेको गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायांकनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए ।

यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने छ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिने छ ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com