Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार बिहान पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए।
उनले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपर्युक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको जानकारी दिए।

उनले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने स्पष्ट पारे।
‘हाम्रो केन्द्रिय सचिवालयको बैठकले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेण्डाहरू राखिनेछन्। ती एजेण्डा पुरा नगरे कुनै पनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भुमिका निर्वाह गर्ने निर्णय छ।’

प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए।
‘राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै विषयमा यसका सुधारका लागि उपर्युक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्वपूर्ण विषयमा पार्टी अध्यक्ष, दलको नेताले बैठकमा र संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौ,’ उनले भने।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्।
प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com