Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिए

मंसिर,२९ काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिएका छन्।
हिजा र आज गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले बताएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हिजो अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले (केटो) गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको आक्रमणबाट मृत्यु भएको उनले बताए ।

बिहीबार पनि अमलटारी सेक्टरकै लामिचौर पोष्टअन्तर्गतको गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको तिवारीले बताए।

बिहान करिब ६ बजेको समयमा गस्ती टोलीले अन्दाजी १५ वर्षको उक्त गैंडा मृत अवस्थामा भेटेको उनले बताए।
अन्दाजी १५ वर्षको पोथीको अर्को गैंडासँग जुधेर मृत्यु भएको अनुमान गरिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com