Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

लागुऔषध कारोबार गर्ने तीन जना महिला पक्राउ

मंसिर,२७ काठमाडौं । कपिलवस्तुमा लागुऔषध कारोबार गर्ने तीन जना महिला पक्राउ परेका छन् । जिल्लाको नेपाल भारत सीमा क्षेत्र कृष्णनगरबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित तीनजना महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध अफिमसहित ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आशकुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं.४ लमही बस्ने वर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com