Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

नेकपा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

मंसिर,२१ काठमाडौं । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com