Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दिल्लीमा बढ्यो वायु प्रदुषण, सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक

भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।
धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

दिल्लीका बासिन्दा हरेक जाडो याममा वायु प्रदुषणको समस्या खेप्दै आएका छन्। सवारी साधनले उत्सर्जन गर्ने धुँवा र कृषि सामग्री भित्र्याएपछि मलका लागि भन्दै खेतमा लगाइने आगोका कारण पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन्।

भारतको केन्द्रीय प्रदुषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको बताएको छ।
‘वायु प्रदुषणको सूचांक ३०० देखि ४ सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा हुनु हो,’ बोर्डले भनेको छ।

केन्द्रीय सरकारलेनै दिल्ली र छिमेकी सहरमा निर्माणसम्बन्धी काममा प्रतिबन्ध लगाउनुका साथै डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com