Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

असुरक्षित ढंगले गीतसंगीत सुन्दा १ अर्ब युवाका श्रवण शक्ति गुम्ने खतरा

विश्वका १ अर्ब युवाको श्रवण शक्ति गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ।
गीतसंगीत सुन्नका लागि हेडफोन र एयर बडको असुरक्षित प्रयोग बढिरहेकाले त्यसले श्रवण शक्ति गुम्ने खतरा रहेको पाइएको द गार्डियनले उल्लेख गरेको छ।

अनुसन्धाकर्ता टोलीका अनुसार १२ देखि ३४ वर्ष उमेर समूहका २४ प्रतिशत व्यक्तिले असुरक्षित तहमा संगीत सुनिरहेका छन्।
यो अनुसन्धान विश्व स्वास्थ्यसम्बन्धी जर्नल बीएजे गल्लोबल हेल्थमा प्रकाशित भएको हो।
युवाहरूको श्रवण शक्ति गुम्न नदिन उनीहरू आफैँ सचेत हुनुपर्ने र सरकारले तत्काल सुरक्षित श्रवण नीति बनाउनुपर्ने अध्ययनको निष्कर्ष छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ करोड ३० लाख मानिसको श्रवण शक्ति गुमेको छ। व्यक्तिगत श्रवण यन्त्रको प्रयोगका कारण युवाहरू जोखिममा रहेको चिन्ता त्यस संस्थाले समेत जाहेर गरेको छ।

‘बारम्बार असुरक्षित तबरले संगीत सुन्दा श्रवण प्रणालीमा असर पर्छ। यसले कम सुन्ने देखि बहिरो हुनेसम्मको स्थितिमा पुर्‍याउँछ,’ अध्ययनमा भनिएको छ।

यो अध्ययन अमेरिकाको साउथ क्यारोलिना युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेका हुन्। उनीहरूले सन् २००० देखि २०२१ सम्म बजारमा आएका हेडफोन तथा एयरबडको गुणस्तर अध्ययन गरेका छन्।

यो अध्ययन १९ हजार व्यक्तिमा आधारित छ। अध्ययनका अनुसार २३ प्रतिशत वयस्क र २७ प्रतिशत नाबालकहरूले असुरक्षित रूपमा गीतसंगीत सुनिरहेका छन्।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com