Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नुवाकोटमा आमाछोरीको हत्या : घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएको छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हिजो बेलुका धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यही ठाउँका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित सम्झनाको घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाण्डौतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएको हो ।
धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com