Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कालिकोटका ९ वटै स्थानीय तहमा नमूना मतदान

कालीकोट जिल्लामा नौवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम सञ्चालन भएको हो ।

जिल्लाका नौवटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि जिल्ला निर्वाचन कार्यालय कालीकोटले नमूना मतदान कार्यक्रम आयोजना गरेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए । “जिल्लाका सबै वडाहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “नमूना मतदानले मतदाता शिक्षा तथा बदर मत घटाउन सहयोग गर्छ ।”

मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढङ्गले पूर्वजानकारी दिनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी मल्लले बताए । कालीकोट जिल्लामा ८० हजार सात सय ३३ मतदाता छन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com