Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

के बंगालदेशसँग हारेमा भारत विश्वकपबाट बाहिरिन्छ?

अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनल प्रवेशका लागि समूह २ मा भारत र बंगलादेशबीच आज निर्णायक खेल हुँदैछ।
नेपाली समय अनुसार बुधबार दिउँसो १:४५ बजेबाट एडिलेडमा सुरू हुने खेलमा दुबैले जितका लागि खेल्नेछन्।
समान तीन खेलपछि भारत र बंगलादेश दुवैको ४–४ अंक भए पनि राम्रो रनरेटका आधारमा भारत दोस्रो स्थानमा छ।

दक्षिण अफ्रिकासँगको अन्तिम खेलमा हार व्यहोरेपछि भारतीय टोली टी–२० विश्वकपको ‘गर या मर’ को स्थितिमा छ। जसका कारण बंगलादेशसँगको सुपर १२ को खेल निकै महत्वपूर्ण बनेको छ। आजको खेलमा दुबै टिमको जित र हारले समीकरणलाई असर गर्छ।

आजको खेल जितेर भारतलाई सेमिफाइनल प्रवेश गर्न निकै सजिलो हुनेछ। योसँगै बंगलादेश हारको अवस्थामा लगभग बाहिर हुनेछ। यो खेलपछि बंगलादेशको अन्तिम खेल पाकिस्तानसँग छ भने भारतले जिम्बावेसँग खेल्नुपर्नेछ।

यदि भारतीय टोली बंगलादेशसँग हार्‍यो भने उसको बाटो कठिन हुनेछ। यो अवस्थामा भारतले अन्तिम खेलमा जिम्बाब्वेलाई हराए पनि बढीमा ६ अंक मात्र जोड्न सक्नेछ। यस्तो अवस्थामा पाकिस्तानले अन्तिम दुई खेल जित्यो भने उसको पनि ६ अंक हुनेछ। त्यसपछि राम्रो रन रेट भएको टोलीलाई फाइदा हुनेछ।

भारतको हार भए बंगलादेशको सम्भावना पनि निकै बढ्नेछ। भारतपछि पाकिस्तानलाई हराएमा उसले ८ अंकसहित सेमिफाइनलमा प्रवेश गर्नेछ।

यो सबै अवस्थालाई हेर्दा भारत र बंगलादेशबीचको खेल एक हिसाबले नकआउट जस्तै हो भन्न सकिन्छ। हारको अवस्थामा दुबैको बाटो निकै सीमित हुन सक्छ। जितेमा दुबैको बाटो सहज हुन्छ।

बंगलादेशविरूद्ध भारतको कीर्तिमान राम्रो छ र पछिल्लो ५ खेलमा भारतले ४ पटक जित हात पारेको छ भने बंगलादेशले मात्र एक पटक जितेको छ।

यदि भारत र बंगलादेशबीचको खेल वर्षा र खराब मौसमका कारण रद्द भएमा दुबैले १-१ अंक बाँढ्नेछन्। यसपछि अन्तिम खेलअघि भारत र बंगलादेश दुवैसँग ५-५ अंक हुनेछ।

यसपछि बंगलादेशले अन्तिम खेलमा पाकिस्तानलाई र भारतले अन्तिम खेलमा जिम्बावेलाई राम्रो अन्तरले हराएमा शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

अष्ट्रेलियाको मौसम पूर्वानुमान वेबसाइट अक्वावेदरका अनुसार खेलको समयमा वर्षाको सम्भावना ३० देखि ६० प्रतिशत सम्म छ। तर, अष्ट्रेलियाको मौसम एकदमै छिटो परिवर्तन हुने भएकाले वर्षाको सम्भावना कम वा नहुन पनि सक्छ।

यस्तै पिच ब्याटिङ मैत्री छ। यो विश्वकपमा एडिलेडमा अहिलेसम्म कुनै खेल भएको छैन। तर अस्ट्रेलियाको टी-२० लिग बिगब्यासलाई आधार मान्ने हो भने यो उच्च स्कोर गर्ने मैदान हो। यहाँ रात्रिकालीन खेलमा पहिले ब्याटिङ गर्ने टोलीको औसत १७० रन बनाएका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com