Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बेन्जिमाले जिते बालोन डि ओर अवार्ड

रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन्।
गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् ।

रियललाई २०२१-२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए।
लियोनल मेसीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।
गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए।

यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरेकी छन्। इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन्।
यस्तै बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै वर्षको उत्कृष्ट क्लब घोषित भयो। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com