Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com