Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

९ जनाको ज्यान लिने बाघलाई गोली हानेर मारियो

९ महिनामा ९ जनाको ज्यान लिने बाघलाई बिहारको बगाहामा गोली हानेर मारिएको छ । उनको २६ दिनदेखि खोजी भइरहेको थियो ।
शनिबार बाघलाई गोवर्धन थाना क्षेत्रको बलुआ गाउँको खेतमा घेराबन्दी गरिएको थियो । त्यसपछि बन्दुकधारीले बाघलाई ४ गोली हाने । वाल्मीकि टाइगर रिजर्भको यो बाघले शनिबार आमा र छोराको पनि हत्या गरेको थियो। पछिल्लो ३ दिनमा मात्र बाघको आक्रमणमा ४ जनाको मृत्यु भएको बताइएको छ ।

बाघले ९ महिनामा १० जनालाई आक्रमण गरेको थियो जसमध्ये ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । शुक्रबार बिहान बाघले आमा छोरालाई आक्रमण गरेको थियो । जसमा दुवैको घटनास्थलमै मृत्यु भएको थियो । हिजो मात्रै बाघ मार्ने आदेश जारी भएको थियो ।

मानिसमाथि आक्रमण गर्ने बाघलाई पक्रन सेप्टेम्बर १३ गते आदेश जारी गरिएको थियो । अक्टोबर ५–६ मा दुई दिनमा बाघले दुई जनाको ज्यान लिएपछि ७ तारिखमा मार्न आदेश जारी भएको थियो । ७ घण्टाको अपरेशनपछि आज नरभक्षी बाघको मृत्यु भएको हो ।

-दैनिक भास्कर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com