Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु ३६जना घाइते

असोज,१७ काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् ।
दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनु भयो । एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाण्डौबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ खसेको प्रहरीको भनाइ छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com