Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

२२ वर्षपछि चुनावबाट नेतृत्व छान्दैछ भारतीय कंग्रेस, शशि थरूर र दिग्विजय सिंह भिड्ने

भारतीय कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्ने भएको छ। द हिन्दुका अनुसार सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए। राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्।

नयाँ अध्यक्ष चुन्न शुक्रबार मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। अहिलेसम्म केरलाको तिरूवनन्तपुरमबाट लोकसभा सदस्य रहेका शशि थरूर र मध्य प्रदेशका पूर्वमुख्यमन्त्री एवं राज्यसभा सदस्य दिग्विजय सिंह भिड्ने भएका छन्।

यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गेहलोत पनि कंग्रेस अध्यक्षको दौडमा रहेको चर्चा व्यापक थियो। सोही चर्चाका कारण राजस्थानको कंग्रेस राजनीति निकै दिन तरंगित भयो।

बिहीबार अध्यक्ष सोनिया गान्धीलाई भेटेपछि गेहलोतले आफू अध्यक्षको चुनाव नलड्ने घोषणा गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
भोलि उम्मेदवारी दर्तापछि केही दिन उम्मेदवारी अध्ययन, छानबिन र फिर्ताको समय दिइएको छ।
एक जनाभन्दा बढी उम्मेदवार भएमा अक्टोबर १७ मा चुनाव हुनेछ। प्रदेश कंग्रेस कमिटीका ९ हजार बढी प्रतिनिधिले अध्यक्ष छान्न मतदान गर्नेछन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com