Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चट्याङ लागेर सुनसरीमा २ जनाको ज्यान गयो

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएको हो भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएको डीएसपी राईले जानकारी दिनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com