Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

इङ्ल्याण्डमाथि पाकिस्तानको विश्व कीर्तिमानी जित

कप्तान बाबर आजम र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले पाहुना टोली इङ्ल्याण्डमाथि १० विकेटको कीर्तिमानी जित निकालेको छ।

जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी छँदै कुनै विकेट नगुमाई पूरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर आजम ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रनमा अविजित रहे।

बाबरको यो टी २० अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो। दुई वर्षअघि बाबरले दक्षिण अफ्रिकाविरुद्ध टी २० आईमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए।

यस्तै अर्का ओपनर मोहम्मद रिजवानले ५१ बल खेल्दै ५ चौका र ४ छक्कासहित ८८ रनमा अविजित रहे। पाकिस्तानको यो टी २० अन्तर्राष्ट्रियमा दोसो १० विकेटको जित हो। यसअघि टी-२० विश्वकपमा गत वर्ष भारतमाथि १० विकेटको जित निकालेको थियो।

यस्तै यो टी २० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै कुनै पनि विकेट नगुमाई पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि १० विकेटको जित निकाल्ने क्रममा सर्वाधिक ठूलो लक्ष्य बनाउँदै न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्धनै १ सय ६९ रनको लक्ष्य पूरा गरेको थियो।

नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। उसका लागि इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अलीले अर्धसतकीय पारी खेले। २३ बल खेलेका उनले ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे।

यस्तै बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोड्दा ह्यारी ब्रोकले ३१ रन बनाए। ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५।१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए। एलेक्स हेल्सले २६ रन जोड्दा डेविड मलान गोल्डेन डक बोल्ड भएका थिए। साल्टले २७ बल खेल्दै १ चौका र १ छक्कासहित ३० रन बनाए। यस्तै साम करन १० रनमा अविजित रहे।

पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २-२ विकेट लिए। मोहम्मद नवाजले १ विकेट हात पारे।
यो जितसँगै ७ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजलाई पाकिस्तानले १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। लिग अन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com